Nepal Life

काभ्रे–२ बाट रास्वपाका बदनकुमार भण्डारी फराकिलो मतान्तरले विजयी

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 15:30
काभ्रे–२ बाट रास्वपाका बदनकुमार भण्डारी फराकिलो मतान्तरले विजयी
United Ajod

बनेपा, फागुन २३ गते । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतान्तरले विजयी हुनुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

अन्तिम मतपरिणामअनुसार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गर्नुभएको हो। आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का अशोककुमार ब्यान्जु श्रेष्ठले १३ हजार ९४० मत ल्याउनुभएको छ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्नुभएको छ। उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैजुले तीन हजार ७४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जिव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्नुभएको छ।

जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा ५६.५७ प्रतिशत अर्थात् ९१ हजार १२८ मत र क्षेत्र नम्बर–२ मा ६४.१७ प्रतिशत अर्थात् एक लाख ६ हजार २१३ मत खसेको थियो। काभ्रेमा कुल ६०.४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। क्षेत्र नम्बर–२ मा १६ राजनीतिक दल र आठ स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया