Nepal Life

झापा–५ बाट रास्वपाका बालेन्द्र शाह फराकिलो मतान्तरले विजयी

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Mar 07 18:59
झापा–५ बाट रास्वपाका बालेन्द्र शाह फराकिलो मतान्तरले विजयी
United Ajod

दमक, फागुन २३ गते । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह फराकिलो मतान्तरले विजयी हुनुभएको छ।

Shikhar
Nepal Life
NIMB

अन्तिम मतपरिणामअनुसार शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै ६८ हजार ३४८ मतसहित विजय हासिल गर्नुभएको हो। ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको छ। दुवैबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेपाली कांग्रेसकी मन्दरा चिमरियाले १ हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार ४६१ मत प्राप्त गर्नुभएको छ।

अन्तिम मतपरिणाम घोषणा हुनुअघि मतगणनास्थल र आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। विजयी प्रमाणपत्र लिन तथा विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल पुग्दा नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया