Nepal Life

गोरखा–१ मा मतगणना रोचक बन्दै, कांग्रेसका खत्री झिनो मतान्तरले अगाडि

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 11:37
गोरखा–१ मा मतगणना रोचक बन्दै, कांग्रेसका खत्री झिनो मतान्तरले अगाडि
United Ajod

सुलीकोट, फागुन २४ गते । गोरखा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा प्रतिस्पर्धा झन् कडा र रोचक बनेको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङलाई झिनो ४ मतले पछि पार्दै अग्रता लिनुभएको छ।

Shikhar
Nepal Life
NIMB

प्रारम्भिक चरणमा उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा रास्वपाका गुरुङ अगाडि रहेका थिए। तर आरुघाट गाउँपालिकाको मतगणनापछि खत्रीले अग्रता कायम गर्न सफल हुनुभएको हो।

अहिलेसम्मको मतगणनामा खत्रीले ४ हजार २६३ मत, रास्वपाका गुरुङले ४ हजार २५९ मत, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत र नेकपा (एमाले) का आरसी लामिछानेले ६७५ मत प्राप्त गर्नुभएको छ।

गोरखा–१ निर्वाचन क्षेत्रलाई राष्ट्रिय स्तरमै चासोका साथ हेरिएको छ। भदौ २३–२४ गते भएको जेन्जी आन्दोलनका मुख्य कमाण्डर सुदन गुरुङ उम्मेदवार रहेका कारण यहाँको चुनावी प्रतिस्पर्धा थप ध्यानको केन्द्र बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया