Nepal Life

सल्यानमा ३ हजार ४५८ मत बदर, मल्ल विजयी

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 12:06
सल्यानमा ३ हजार ४५८ मत बदर, मल्ल विजयी
United Ajod

सल्यान, फागुन २४ गते । सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये ३ हजार ४५८ मत बदर भएको छ। एक लाख ६२ हजार ४४९ मतदातामध्ये ८३ हजार १६७ मत खसेकोमा ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

Shikhar
Nepal Life
NIMB

निर्वाचनको अन्तिम परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल २३ हजार १८९ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गर्नुभएको छ। मल्लले चन्दलाई २ हजार २८५ मतान्तरले पराजित गर्नुभएको हो।

त्यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८, नेकपा (एमाले) का गुलाबजंग शाहले १५ हजार ३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गर्नुभएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा ८३ हजार ७०४ मत खसेकोमध्ये ७६ हजार ३२८ मत सदर र ७ हजार ३७६ मत बदर भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया