Nepal Life

सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 21:31
सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो
United Ajod

कर्णाली, फागुन २४ गते । सुर्खेत–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ।

 

Shikhar
Nepal Life
NIMB

निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार रास्वपाले ३३ हजार ६९९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। नेपाली कांग्रेस १४ हजार ३२० मतसहित दोस्रो स्थानमा रहेको छ।

यसैगरी नेकपा (एमाले)ले १२ हजार ६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९ मत प्राप्त गरी चौथो भएको छ भने श्रम संस्कृति पार्टीले दुई हजार २७१ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरेको छ।

निर्वाचन कार्यालयका अनुसार सुर्खेत–२ मा कूल एक लाख २८ हजार ४६७ मतदाता रहेकामा ७३ हजार ११३ मत खसेको थियो। तीमध्ये ७० हजार ४४२ मत सदर भएको छ भने दुई हजार ६७१ मत बदर भएको छ। समानुपातिकतर्फ उक्त क्षेत्रमा ५७ वटा दलले सहभागिता जनाएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया