Nepal Life

कलंगा र सनिगढ हाइड्रोलाई आइपीओ ल्याउन धितोपत्र बोर्डको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2026 Mar 10 16:35
कलंगा र सनिगढ हाइड्रोलाई आइपीओ ल्याउन धितोपत्र बोर्डको स्वीकृति
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार दुई वटा हाइड्रोपावर कम्पनीलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कलंगा हाइड्रो लिमिटेड र सनिगढ हाइड्रो लिमिटेडलाई आइपीओ निष्काशनको स्वीकृति प्रदान गरेको हो।

Shikhar
Nepal Life
NIMB

स्वीकृति अनुसार कलंगा हाइड्रो लिमिटेडले ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जुन कम्पनीको कुल जारी पुँजीको ३५ प्रतिशत हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटलले पाएको छ।

त्यसैगरी सनिगढ हाइड्रो लिमिटेडले ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यो कम्पनीको कुल जारी पुँजीको ३० प्रतिशत हुन आउँछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

बोर्डबाट स्वीकृति पाएसँगै दुवै कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने तयारी अघि बढाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया