Nepal Life

शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन

NMB Bank
  • BFIS News
  • 2026 Mar 10 21:43
शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन
United Ajod

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनी ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीको आईपीओमा मागभन्दा करिब १६ गुणा बढी आवेदन परेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयरका लागि आवेदन खुला गरेकोमा मंगलबार अन्तिम दिनसम्म २७ लाख ६६ हजार ५१० आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरका लागि आवेदन परेको छ। यो मागभन्दा १६.६८ गुणा बढी आवेदन हो।

सीडीएससीको तथ्यांकअनुसार उक्त आवेदनमार्फत कुल ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन रकम संकलन भएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल ले सम्हालेको छ। आईपीओमा उच्च माग देखिएकाले बाँडफाँड गोलाप्रथाबाट हुने सम्भावना रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया