Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ जोगबुढा शाखाको अध्यक्षमा कल्पनादेवी बोहरा धामी निर्वाचित

NMB Bank
  • BFIS News
  • 2026 Mar 14 15:25
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ जोगबुढा शाखाको अध्यक्षमा कल्पनादेवी बोहरा धामी निर्वाचित
United Ajod

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ बीमक समिति अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को जोगबुढा शाखामा सम्पन्न दोस्रो शाखा अधिवेशनबाट कल्पनादेवी बोहरा धामी अध्यक्षमा निर्वाचित भएकी छन्। अधिवेशनले धामीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

Shikhar
Nepal Life
NIMB

जोगबुढा शाखामा आयोजित अधिवेशनमा सहभागी अभिकर्ताहरूले धामीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन्। निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण अभिकर्ता साथीहरूलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरिन्।

अध्यक्ष धामीले अभिकर्ताहरूको हकहित, पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका लागि आफू सदैव प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष धामी सहित, उपाध्यक्षमा निर्मला महरा, सचिवमा निर्मला बोहरा, सहसचिवमा सुशिला विष्ट, कोषाध्यक्षमा लिलावती कुमारी बोहरा, सदस्यमा किरण बोहरा, पवित्रा पन्त, मनिषा बोहरा, यशोदा धामी रहेका छन्। 

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा अभिकर्ताहरूको पेशागत विकास, क्षमता अभिवृद्धि तथा बीमा क्षेत्रको विस्तारका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया