Nepal Life

समानुपातिकतर्फ एमालेले टुंग्यायो १६ सांसदको नाम

NMB Bank
  • BFIS News
  • 2026 Mar 14 16:03
समानुपातिकतर्फ एमालेले टुंग्यायो १६ सांसदको नाम
United Ajod

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा जाने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले ती नामहरू चयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिँदै विभिन्न समावेशी समूहबाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको बताए।

Shikhar
Nepal Life
NIMB

एमालेले समावेशी सिद्धान्तअनुसार जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी नाम छनोट गरेको जनाएको छ।

एमालेले सिफारिस गरेका १६ जना यस प्रकार छन् :

जनजाति
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ

पुरुष :
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य

खस आर्य
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल

थारु
– कृपाराम राना (पुरुष)

दलित
महिला :
– विष्णुमाया वी.के.
– नीता घतानी

मधेसी
महिला :
– रिङ्ला यादव
– यशोधा कुमारी यादव

पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला :
– साजिदा सिद्दीकी

एमालेले समानुपातिक प्रणालीअन्तर्गत समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदायबाट प्रतिनिधि चयन गरेको जनाएको छ। अब यी नामहरू औपचारिक रूपमा निर्वाचन आयोगमा सिफारिस गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया