Nepal Life

सोलु हाइड्रोपावरको शेयर पहिलो कारोबार ३०० रुपैयाँमा

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 11:30
सोलु हाइड्रोपावरको शेयर पहिलो कारोबार ३०० रुपैयाँमा
United Ajod

काठमाडौं।  सोलु हाइड्रोपावर लिमिटेडको शेयर आइतबार स्पेशल प्रि–ओपन सेसनमा पहिलो पटक कारोबार भएको छ।

Shikhar
Nepal Life
NIMB

पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा सम्पन्न भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।

कम्पनीको शेयर गत फागुन २८ गते नेप्सेमा सूचीकृत भएको थियो। सूचीकृत भएको कुल १० करोड कित्तामध्ये २ करोड कित्ता सर्वसाधारणलाई जारी गरिएको शेयर र ८ करोड कित्ता संस्थापक लगानीकर्ताको शेयर रहेका छन्।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही मूल्य सीमाभित्र स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएको हो।

नेप्सेले कम्पनीलाई ‘SOHL’ स्टक संकेत (टिकर) प्रदान गरेको छ। प्रारम्भिक कारोबार सम्पन्न भएसँगै कम्पनीको शेयर अब नियमित बजार समयमा खरिद–बिक्री गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया