Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको कटारी शाखाको चौथो अधिवेशनबाट पार्वती थापको अध्यक्षतामा नयाँ कार्यसमिति

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 19:04
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको कटारी शाखाको चौथो अधिवेशनबाट पार्वती थापको अध्यक्षतामा नयाँ कार्यसमिति
United Ajod

 

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ, बीम समिति नेपाल लाइफको कटारी शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पार्वती थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

Shikhar
Nepal Life
NIMB

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष पार्वती थापा, उपाध्यक्ष अनिता राई, सचिव सुमित्रा अधिकारी, सह–सचिव इन्दिरा मगर र कोषाध्यक्ष रिना बुटवाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रिता कार्की, कल्पना अधिकारी, रेजिना थापामगर, पार्वती बुडाथोकी, हेम पौड्याल, अन्जना बस्नेत तथा गीता विक निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष पार्वती थापा सहित सम्पूर्ण कार्यसमिति टिमलाई नेपाल लाइफका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अधिवेशनमा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो। साथै प्रदेश समितिका पदाधिकारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका पदाधिकारीहरूले बीमा अभिकर्ताहरूको पेशागत हक–हित संरक्षण तथा संस्थाको सुदृढीकरणका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया