Nepal Life

विजय लघुवित्तको एफपीओ सेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2026 Mar 18 05:43
विजय लघुवित्तको एफपीओ सेयर नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाद्वारा निष्कासन गरिएको थप सार्वजनिक निष्कासन (FPO) का ४ लाख ६६ हजार ८१७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्।

Shikhar
Nepal Life
NIMB

लघुवित्त कम्पनीले ७९ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिकित्ता १०० रुपैयाँ दरले २०८२ साल पुस २१ गतेसम्म सर्वसाधारणका लागि ४,६६,८१७ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो। उक्त सेयरहरू अब दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा सूचीकरण भएका हुन्।

समाचार तयार पार्दासम्म कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) ७७१ रुपैयाँ कायम रहेको छ। एफपीओ सूचीकरणसँगै अब लगानीकर्ताहरूले उक्त सेयरहरू दोस्रो बजारमा किनबेच गर्न सक्ने भएका छन्। बजार विश्लेषकहरूका अनुसार लघुवित्त क्षेत्रप्रति लगानीकर्ताको आकर्षण अझै कायम रहेकाले आगामी दिनमा यसको मूल्य चालमा थप सक्रियता देखिन सक्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया