Nepal Life

नेप्सेमा ङादी ग्रुप र एचआईडीसीएलको बोनस सेयर सूचीकृत

NMB Bank
  • BFIS News
  • 2026 Mar 18 05:51
नेप्सेमा ङादी ग्रुप र एचआईडीसीएलको बोनस सेयर सूचीकृत
United Ajod

काठमाडौं । नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। ङादी ग्रुप पावर (एनजीपीएल) का १७,५८,७१५.२८७५ कित्ता र एचआईडीसीएलका १४,६२,७१०.५० कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

Shikhar
Nepal Life
NIMB

एनजीपीएलले मंसिर २५, २०८२ मा सम्पन्न १२औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५ प्रतिशत लाभांश पारित गरेको थियो। जसअन्तर्गत ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको थियो। सोही अनुसार वितरण गरिएका बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएका हुन्। हाल एनजीपीएलको अन्तिम कारोबार मूल्य (LTP) प्रतिकित्ता रु. ४५९ रहेको छ।

यसैगरी, एचआईडीसीएलले पुस २१, २०८२ मा सम्पन्न १४औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि ३.५ प्रतिशत लाभांश अनुमोदन गरेको थियो। कम्पनीले २ प्रतिशत नगद लाभांश (करिब रु. ४९.११ करोड बराबर) र १.५ प्रतिशत बोनस सेयर (करिब रु. ३६.८३ करोड बराबर) वितरण गर्ने निर्णय गरेको थियो। उक्त बोनस सेयर पनि अहिले नेप्सेमा सूचीकृत भइसकेका छन्। हाल एचआईडीसीएलको LTP प्रतिकित्ता रु. २९२.५० रहेको छ।

बोनस सेयर सूचीकृत भएसँगै लगानीकर्ताहरूले सम्बन्धित कम्पनीका सेयर कारोबारमा थप सहजता पाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया