Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2026 Mar 19 11:36
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (चैत ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँ मूल्यका २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको हो। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

बेनी हाइड्रोपावरले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको जनाइएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ।

यस आयोजनामा लगानी फिर्ता हुने सामान्य अवधि ५.७८ वर्ष र डिस्काउण्ट गरिएको आधारमा ८.१५ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया