Nepal Life

रवि लामिछानेको भावुक भाषणपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले उकालो

NMB Bank
  • BFIS News
  • 2026 Mar 19 16:05
रवि लामिछानेको भावुक भाषणपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले उकालो
United Ajod

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको जिम्मेवारपुर्ण भावुक भाषणले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ। बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ अंक कायम भएको छ। सूचक सँगै आज कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघेको छ। 

Shikhar
Nepal Life
NIMB

बिहीबार सेन्सेटिभ इण्डेक्स ११.६३ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंकले उकालो लागेको छ।

बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १२ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३४२ वटा स्टकको १ लाख ९१ हजार २५१ पटकको कारोबारमा कुल २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सबै १३ वटै उपसमूहको परिसूचक हरियाली देखिएको छ। विकास बैंक उपसमूह सर्वाधिक ३.९५ प्रतिशतले बढ्दा बैंकिङ उपसमूह ३.१६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत र जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।

कारोबारका क्रममा ४ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका शेयरहरू सर्किट लेभलमा कारोबार भएका हुन्। त्यस्तै, होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले बढ्दा सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतले उकालो लागेको छ।

यस दिन नेपाल लाइफ समृद्धि लगानी योजना को इकाईमूल्य भने सर्वाधिक ५.१२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ, जसको ६७ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, नेशनल हाइड्रोपावर को करिब ६७ करोड रुपैयाँको कारोबार हुँदा रिडी हाइड्रोपावर को कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ। समग्रमा, राजनीतिक स्थिरता र सकारात्मक सन्देशले बजारमा लगानीकर्ताको आत्मविश्वास बढाएको विश्लेषकहरूको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया