Nepal Life

नेशनल हाइड्रोपावरमा नासाको दबदबा, ठूला ब्रोकरबीच ‘प्ले’ तीव्र

NMB Bank
  • BFIS News
  • 2026 Mar 19 16:36
नेशनल हाइड्रोपावरमा नासाको दबदबा, ठूला ब्रोकरबीच ‘प्ले’ तीव्र
United Ajod

काठमाडौं। विगत एक महिनाको अवधिमा नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबारमा नासा सेक्युरिटी अग्रस्थानमा देखिएको छ। उपलब्ध तथ्यांकअनुसार नासाले ८ लाख ७८ हजार कित्ता शेयर होल्डिङ गर्दै सबैभन्दा ठूलो हिस्सा राखेको छ। त्यस्तै ७७ नम्बर ब्रोकरले ४ लाख ५५ हजार कित्ता शेयर होल्डिङ गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस अवधिमा भने केही ब्रोकरहरूले उच्च मात्रामा शेयर बिक्री गरेका छन्। ४४ नम्बर ब्रोकरले ३ लाख ४० हजार कित्ता शेयर बिक्री गर्दा ३४ नम्बर ब्रोकरले २ लाख ८५ हजार कित्ता शेयर बिक्री गरेको देखिन्छ। साथै १४, २१, ५७, ४१, ४, ८५, २० र १७ नम्बर ब्रोकरहरूले पनि शेयर बिक्री गरेका छन्।

बजार विश्लेषकका अनुसार ५८ र ३४ नम्बर ब्रोकरले नेशनल हाइड्रोपावरको शेयरमा सक्रिय रूपमा ‘प्ले’ गरिरहेका छन्। लगानीकर्तालाई एउटै ब्रोकरको होल्डिङ मात्र नहेरी ठूला लगानीकर्ताबीचको सम्भावित समन्वय (नक्सस) पनि विश्लेषण गर्न सुझाव दिइएको छ।

विगतका बुल ट्रेन्डहरूमा पनि नेशनल हाइड्रोपावरको शेयरमा आकर्षक खेल देखिने गरेको छ। कम्पनीको शेयर मूल्य तुलनात्मक रूपमा कम हुने भएकाले थोरै पूँजीबाट धेरै कित्ता खरिद–बिक्री गर्न सकिने हुँदा यो स्क्रिप्ट खेलाडीहरूको रोजाइमा पर्ने गरेको विश्लेषण गरिएको छ। प्रायः यस स्क्रिप्टबाट नाफा कमाएपछि लगानीकर्ताहरूले अन्य कम्पनीतर्फ ध्यान केन्द्रित गर्ने प्रवृत्ति देखिन्छ।

बिहीबार कम्पनीको शेयर मूल्य १२ रुपैयाँ ८० पैसाले बढेर ३१२ रुपैयाँ पुगेको छ। पछिल्लो समय १७८ रुपैयाँबाट उकालो लागेको शेयर मूल्य उच्च बिन्दु ३२७ रुपैयाँसम्म पुगेको थियो, जुन आजकै कारोबारका क्रममा कायम भएको हो।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। हालको बजार मूल्यका आधारमा यसको बजार पूँजीकरण ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ।

इतिहास हेर्दा कम्पनीले पछिल्लो समय १८.५३ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो, जसले लगानीकर्ताको आकर्षण थप बढाएको मानिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया