Nepal Life

काँग्रेस केन्द्रीय समिति बैठक आज, गगन थापाको राजीनामामाथि छलफल हुने

NMB Bank
  • BFIS News
  • 2026 Mar 20 12:39
काँग्रेस केन्द्रीय समिति बैठक आज, गगन थापाको राजीनामामाथि छलफल हुने
United Ajod

काठमाडौं ।  नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ, जसमा पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामासहित विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

Shikhar
Nepal Life
NIMB

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुने तय भएको छ। बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षा पनि गरिनेछ।

उक्त निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जित्दै दोस्रो स्थान हासिल गरेको थियो। सभापति थापा स्वयं निर्वाचनमा पराजित भएपछि उनले दिएको राजीनामाको विषयमा बैठकमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया