Nepal Life

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2026 Mar 22 16:04
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
United Ajod

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। आज मिति २०८२ साल चैत्र ८ गते कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक विशेष समारोहबीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन्।

सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चाङ्गका तिथि र अंग्रेजी तथा नेपाली दुवै मितिहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले कम्पनीलाई मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, कठिन परिस्थितिमा साथ दिने कर्मचारी, विश्वास गर्ने ग्राहक, मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ता, स्नेह र सहयोग प्रदान गर्ने शेयरधनी, साथै नेपाल बीमा प्राधिकरण लगायत नियामक निकायहरूको भूमिकालाई विशेष रूपमा स्मरण गरे।

उनले सबैमा नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए। नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तर थप प्रभावकारी बनाउने योजना ल्याइने उनले बताए। साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी दत्तचित्त भएर लाग्ने पनि उनको भनाइ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया