Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ खुला

NMB Bank
  • BFIS News
  • 2026 Mar 23 11:17
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ खुला
United Ajod

काठमाडौं, चैत ९ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्य बराबरका ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। उक्त कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ।

यसैगरी, कम्पनीले ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।

आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरु मार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

वित्तीय सूचकांक अनुसार कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्ट गरिएको लगानी फिर्ता अवधि ११.३५ वर्ष छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया