Nepal Life

ग्लोबल मनी वीक २०२६: नाबिल स्टक डिलरद्वारा युवा लक्षित वित्तीय साक्षरता अभियान सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 23 17:06
ग्लोबल मनी वीक २०२६: नाबिल स्टक डिलरद्वारा युवा लक्षित वित्तीय साक्षरता अभियान सम्पन्न
United Ajod

काठमाडौं, चैत — ग्लोबल मनी वीक २०२६ (GMW 2026) को अवसरमा नाबिल स्टक डिलर लिमिटेडले धितोपत्र बोर्ड नेपालको सहकार्यमा चैत २ देखि ८ गतेसम्म सप्ताहव्यापी वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त अभियानले युवाहरूलाई सूचित वित्तीय निर्णय तथा दीर्घकालीन आर्थिक समृद्धिका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममार्फत करिब ५०० विद्यार्थी लाभान्वित भएका छन्। अभियानअन्तर्गत पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय (डिल्लीबजार, काठमाडौं), पिपुल्स क्याम्पस (पकनाजोल, काठमाडौं), पोखरा लिंकन इन्टरनेशनल कलेज तथा बराही माध्यमिक विद्यालय (पोखरा) लगायतका शैक्षिक संस्थाहरूमा विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।

सत्रहरूमा लगानीका आधारभूत अवधारणा, पूँजी बजारको संरचना, वित्तीय योजना निर्माण तथा अनुशासित बचत जस्ता विषयहरू समेटिएका थिए। सहभागीहरूलाई अन्तरक्रियात्मक छलफल र व्यवहारिक उदाहरणमार्फत वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याइएको आयोजकले जनाएको छ।

डिजिटल माध्यमबाट थप पहुँच विस्तार गर्न सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सामग्रीहरू पनि सार्वजनिक गरिएको थियो। यसैबीच, पोखरामा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरिएको थियो, जसमा ३५ वटा कलेजका ३७ टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा पृथ्वी नारायण क्याम्पस, प्रेसिडेन्सी कलेज र त्रिवेणी इन्टरनेशनल कलेजले क्रमशः शीर्ष स्थान हासिल गरेका थिए।

कार्यक्रममा दयाराम पंगेनी र डा. दीपक शाक्यलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस अभियानमार्फत नाबिल स्टक डिलरले वित्तीय साक्षरता अभिवृद्धि, जिम्मेवार लगानी प्रवर्द्धन तथा समावेशी र दिगो अर्थतन्त्र निर्माणप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया