Nepal Life

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

NMB Bank
  • BFIS News
  • 2026 Mar 24 11:28
बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
United Ajod

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत पर्ने बाह्रबिसे–कोदारी सडक खण्डको स्तरोन्नति कार्य सुरु भएको छ।

Shikhar
Nepal Life
NIMB

वर्षातका कारण क्षतिग्रस्त बनेको यो सडकलाई सुधार गर्न सरकारी निकायले आवश्यक स्रोत सुनिश्चित गरेसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो। आयोजनालाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक विभागले अर्थ मन्त्रालयबाट २ अर्ब ३७ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त गरेपछि सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का प्रक्रिया पूरा गरेको हो। सोही अनुसार गत मंसिरमा एमएस एनएस गाल्वा जेभीसँग सम्झौता भई निर्माण कार्य थालिएको बताइएको छ।

सडक स्तरोन्नतिका लागि १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। यसअन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरिनेछ। आयोजनामा आवश्यक संरचनागत निर्माण कार्य सुरु भइसकेको छ।

हाल पहिरो जोखिम भएका स्थानहरूमा ग्याविन वाल तथा अन्य सुरक्षात्मक संरचना निर्माणको काम भइरहेको जनाइएको छ। आयोजनाको भौतिक प्रगति करिब ७ प्रतिशत पुगेको छ।

निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेको र मंसिर २० गतेदेखि साइटमा काम सुरु गरेको जनाएको छ। आवश्यक निर्माण सामग्रीको आपूर्ति तथा अन्य पक्षमा अवरोध नआए तोकिएको समयमै आयोजना सम्पन्न गर्ने तयारी रहेको निर्माण पक्षको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया