Nepal Life

सुनको मूल्यमा गिरावट जारी, चाँदीको भाउमा वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 Mar 24 11:34
सुनको मूल्यमा गिरावट जारी, चाँदीको भाउमा वृद्धि
United Ajod

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। 

Shikhar
Nepal Life
NIMB

पछिल्ला दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउमा पुनः गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १० गते छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार यही सुन २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो।

यता, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ८० रुपैयाँले बढी हो। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको थियो।

पछिल्ला दिनमा सुनको मूल्य घट्दो क्रममा रहँदा चाँदीको मूल्यमा भने उतारचढाव देखिँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया