Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सानिगाड हाइड्रोको आईपीओ आवेदन आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 11:32
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सानिगाड हाइड्रोको आईपीओ आवेदन आज अन्तिम दिन
United Ajod

काठमाडौं, चैत ११ — सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले “इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

सानिगाड हाइड्रोले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको कम्पनीले जनाएको छ।

उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया