Nepal Life

सूर्योदय वोमी लघुवित्त घुम्तिबजार रसुवा शाखाद्धारा वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 26 12:34
सूर्योदय वोमी लघुवित्त घुम्तिबजार रसुवा शाखाद्धारा वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न
United Ajod

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घुम्तिबजार, रसुवा अन्तर्गतको केन्द्र/समूहमा आवद्ध सदस्यहरुको यहि चैत ११ गते बुधवार रसुवा जिल्लाको कालिकास्थान गाउँपालिका ०२, कालिकास्थानमा १ दिवसिय वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

शाखामा आबद्ध भई प्रत्यक्ष रुपमा कारोबार गरेका ६५ जना सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा यस्ता किसिमका आयमुलक र उत्पादनमूलक तालिम समेत गर्दै आइरहेको छ । शाखामा कार्यरत कर्मचारी रोम प्रसाद दाहालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो, भने कार्यक्रममा कालिकास्थान गाउँपालिका वडा प्रतिनिधि, इलाका प्रहरी कार्यालय कालिकास्थानका इन्चार्ज, कर्पोरेट कार्यालयका भरत काफ्ले, बट्टार शाखाका शाखा प्रमुख शुसिल कुमार श्रेष्ठ, घुम्तिवजार शाखाको प्रमुख विन्दु थापा राना लगायत शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कालिकास्थान गा.पा. वडा नं. ०२ का वडा पदाधिकारी लिला नगर्जीले गर्नुभएको थियो ।  कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सदस्यहरुको जिवनस्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिमहरु सञ्चालन गर्न र संस्थालाई स्थानिय निकायसंग समन्वय गरी कार्यक्रम थप विस्तारमा समेत साथ सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन ।

संस्थामा कार्यरत भरत काफ्लेले संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सूविधा, वित्तीय ज्ञान, सीप र मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्ने उदेश्य समेत रहेको बताए ।

कर्पौरेट कार्यालय महालक्ष्मी–०४, ललितपुरमा रहेको वित्तीय संस्थाले विगत १४ वर्षदेखि हाल राष्ट्रियस्तर कार्यक्षेत्र बनाई ५५ जिल्लामा १६७ वटा शाखा कार्यालयको माध्यमबाट करिब १ लाख ९५ हजार सदस्यहरुलाई निरन्तर विपन्न वर्गको उत्थानमा कार्य गर्दे आएको छ  । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया