पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
- BFIS News
- 2026 Mar 29 11:05
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनलाई आज बिहान महाराजगन्ज बाट पक्राउ गरेको जनाएको छ।
सीआइबीका अनुसार खड्कामाथि अवैध सम्पत्ति आर्जन तथा त्यसको स्रोत लुकाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ। पछिल्लो समय ‘जेनजी आन्दोलन’ का क्रममा उनको निवासमा आगजनी हुँदा ठूलो रकम उडेको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियोको सत्यता र त्यससँग सम्बन्धित आर्थिक गतिविधिबारे पनि अनुसन्धान केन्द्रित गरिएको छ।
त्यसैगरी, खड्कामाथि नेपाल स्काउट को जग्गा हिनामिना गरेको आरोपसमेत लागेको छ। यस प्रकरणमा पनि सीआइबीले थप प्रमाण संकलन गरिरहेको बताइएको छ।
प्रहरीले खड्कालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ भने आवश्यक प्रमाणका आधारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया