Nepal Life

ओलीको रिहाइको माग गर्दै एमाले ताप्लेजुङद्वारा ज्ञापनपत्र पेश

NMB Bank
  • BFIS News
  • 2026 Mar 29 13:12
ओलीको रिहाइको माग गर्दै एमाले ताप्लेजुङद्वारा ज्ञापनपत्र पेश
United Ajod

ताप्लेजुङ, चैत १५ गते — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत गिरफ्तार नेताहरूको तत्काल रिहाइको माग गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो।

Shikhar
Nepal Life
NIMB

एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमार्फत ओलीसहित पक्राउ परेका सबै नेताहरूको रिहाइको माग गरिएको एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले जानकारी दिएका छन्।

ज्ञापनपत्रमा सरकारमाथि कार्की आयोगको प्रतिशोधात्मक प्रतिवेदनका आधारमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाइएको छ। एमाले ताप्लेजुङले उक्त प्रतिवेदनलाई ‘कथित आयोग’ को संज्ञा दिँदै त्यसकै आधारमा नेताहरूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको ठहर गरेको छ।

यस्तै, यस्तो कार्यलाई सिंगो कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमाथिको प्रहारका रूपमा व्याख्या गर्दै एमालेले तत्काल पक्राउ परेका नेताहरूको रिहाइ गर्न र प्रतिशोधात्मक धरपकड बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया