Nepal Life

टाटा मोटर्सले ल्यायो 'बडा दसैं बडा अफर'

NMB Bank
  • BFIS News
  • 2023 Oct 09 13:37
टाटा मोटर्सले ल्यायो 'बडा दसैं बडा अफर'
United Ajod

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई 'टाटा मोटर्स बडा दसैं बडा अफर' सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख तीस हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्।

यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन्।

साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ। इभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्सका सोरुमहरूमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

बडा दसैंको शुभ अवसरमा ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया