Nepal Life

धितोपत्र बोर्डद्वारा मार्जिन ट्रेडिङ स्वीकृत, अब ३०% लगानीमै सेयर किन्न सकिने

NMB Bank
  • BFIS News
  • 2026 Mar 30 14:30
धितोपत्र बोर्डद्वारा मार्जिन ट्रेडिङ स्वीकृत, अब ३०% लगानीमै सेयर किन्न सकिने
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बजारमा नयाँ युगको सुरुवात भएको छ। बोर्डलेले आधिकारिक रूपमा मार्जिन ट्रेडिङलाई अनुमति दिएको छ। जसले अब लगानीकर्ताहरूलाई कुल रकमको एक अंश मात्रै भुक्तानी गरेर सेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ।

Shikhar
Nepal Life
NIMB

बोर्डले जारी गरेको नयाँ निर्देशिका अनुसार, कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्दा कम्तीमा ३० प्रतिशत रकम आफैंले डाउन पेमेन्टको रूपमा तिर्नुपर्नेछ भने बाँकी रकम ब्रोकरले ऋणका रूपमा उपलब्ध गराउनेछ। यससँगै जोखिम नियन्त्रणका लागि लगानीकर्ताले आफ्नो खातामा लगानी मूल्यको न्यूनतम २० प्रतिशत बराबरको सन्तुलन कायम राख्नुपर्ने प्रावधान पनि राखिएको छ।

यदि बजारमा सेयरको मूल्य घटेर उक्त सन्तुलन २० प्रतिशतभन्दा तल झर्छ भने ब्रोकरले “मार्जिन कल” जारी गर्दै थप रकम जम्मा गर्न आग्रह गर्नेछ। अझै मूल्य घट्दै गएर खाताको सन्तुलन १५ प्रतिशतमा झरेको अवस्थामा भने ब्रोकरले लगानीकर्ताको सेयर बिक्री गरेर ऋण असुल गर्ने अधिकार पाउनेछ।

यद्यपि, यो सुविधा सबै कम्पनीका सेयरमा लागू हुने छैन। सेबोनले स्पष्ट पारेअनुसार, कम्तीमा दुई वर्षदेखि सूचीकृत रहेका र पछिल्ला तीन वर्षमध्ये दुई वर्ष नाफामा रहेका स्थिर कम्पनीहरू मात्र यस योजनाका लागि योग्य हुनेछन्। साथै, त्यस्ता कम्पनीहरूको कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनुपर्नेछ।

मार्जिन ट्रेडिङ सेवा प्रदान गर्न चाहने ब्रोकर कम्पनीहरूले पनि निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरूको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ र नेपाल स्टक एक्सचेन्ज तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमति लिनुपर्नेछ।

विशेषज्ञहरूका अनुसार, यस व्यवस्थाले लगानीकर्ताको खरिद क्षमता बढाउँदै बजारमा कारोबार वृद्धि गराउने अपेक्षा गरिएको छ। तर, सेयर मूल्य घट्दा घाटा पनि छिटो हुने जोखिम रहेकाले लगानीकर्ताहरूले सावधानी अपनाउनुपर्ने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया