देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ
- BFIS News
- 2026 Mar 31 12:51
काठमाडौँ, चैत १७ — नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र नगद रु ६ हजार ७५० सहित पक्राउ गरिएको हो।
त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट दुई र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १ हजार ७०० ट्रामाडोल ट्याबलेट बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया