Nepal Life

सल्यानमा अवैध उत्खननविरुद्ध कडाइ, २५ ट्याक्टर नियन्त्रणमा

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 12:52
सल्यानमा अवैध उत्खननविरुद्ध कडाइ, २५ ट्याक्टर नियन्त्रणमा
United Ajod

सल्यान, चैत २२ — सल्यानमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले कडाइ गर्दै पछिल्लो चार दिनमा २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

Shikhar
Nepal Life
NIMB

जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट भइरहेको प्राकृतिक स्रोतको अवैध दोहन रोक्न निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सो क्रममा शारदा, थारमारे, लुहाम, सल्ली लगायतका स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिइएको हो।

कार्यालयका प्रवक्ता देवराज भट्टराईका अनुसार नियन्त्रणमा लिइएका सबै ट्याक्टर सम्बन्धित प्रहरी चौकीमा राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समय अवैध उत्खनन तथा ढुवानीमा संलग्न सवारी साधनमाथि निगरानी थप कडा बनाइएको उहाँले बताउनुभयो।

“नियमविपरीत सञ्चालन हुने ट्याक्टरहरू नियन्त्रणमा आउन थालेपछि यस्ता गतिविधिमा केही कमी आएको देखिएको छ,” उहाँले भन्नुभयो।

प्रहरीले जिल्लाभर अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ। विशेषगरी नदी तथा खोलानालाबाट अनुमति बिना प्राकृतिक स्रोत दोहन गर्ने कार्य नियन्त्रण गर्न कडाइ गरिएको हो।

साथै, प्रहरीले अनुमति नलिई यस्ता गतिविधिमा संलग्न नहुन तथा नगराउन सबै सरोकारवालासँग आग्रह गर्दै नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया