Nepal Life

एनआईसी एशिया बैंकद्वारा सूर्यज्योति लाइफको २ लाख संस्थापक सेयर लिलामीमा

NMB Bank
  • BFIS News
  • 2026 Apr 09 12:13
एनआईसी एशिया बैंकद्वारा सूर्यज्योति लाइफको २ लाख संस्थापक सेयर लिलामीमा
United Ajod

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले कुल २,००,००० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

उक्त लिलामी चैत २६, २०८२ गतेदेखि सुरु भई वैशाख ३, २०८३ गतेसम्म खुला रहने बैंकले जनाएको छ। लिलामी प्रक्रियामा संस्थापक सेयरधनीहरू तथा इच्छुक संस्थागत लगानीकर्ताहरूले सहभागिता जनाउन सक्नेछन्।

यस लिलामीका लागि न्यूनतम बोलकबोल दर प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ भने न्यूनतम बोलकबोल परिमाण ५,००० कित्ता निर्धारण गरिएको छ। लिलामी व्यवस्थापकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

हालसम्मको विवरणअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्तिम कारोबार मूल्य (LTP) ४४६ रुपैयाँ कायम रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया