Nepal Life

गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु

NMB Bank
  • BFIS News
  • 2023 Oct 10 11:41
गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु
United Ajod

काठमाडौँ । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । 

Shikhar
Nepal Life
NIMB

यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिने छ । साथै, यदि ग्राहक आफैले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेश गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । 

आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले यो सुविधा मार्फत लाभ उठाउन सक्नुहुनेछ । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया