आरएसडिसी लघुवित्तको नाफा ६.०८% घट्यो, ब्याज आम्दानीमा गिरावट
- BFIS News
- 2026 Apr 17 10:47
काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही घटेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ६ करोड ९८ लाख रुपैयाँको तुलनामा ६.०८ प्रतिशतले कम हो।
खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण समग्र नाफामा कमी आएको संस्थाले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १३.६५ प्रतिशतले घटेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी पनि ३.५० प्रतिशतले ओरालो लागेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा कायम भएको छ।
नाफामा गिरावटसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ५५ पैसा घटेर ८ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्म संस्थाको मूल्य–आम्दानी अनुपात ८२.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७ पैसा पुगेको छ।
हाल १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित छ। पहिलो ९ महिनामा लघुवित्तले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटी संकलन गरी ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया