NIMB Header 2
Nepal Life

विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक विकास गर्ने मन्त्री नेपालीको प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 17:40
विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक विकास गर्ने मन्त्री नेपालीको प्रतिबद्धता
United Ajod

बागलुङ, वैशाख ६ गते । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली ले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रूपमा विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

Shikhar
Nepal Life
NIMB

नेकपा एमाले जिल्ला कमिटी बागलुङले आइतबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री नेपालीले आम नागरिकले प्रत्यक्ष सेवा पाउने खालका योजनामा लगानी केन्द्रित गरी समयमै काम सम्पन्न गर्ने वातावरण बनाउने बताउनुभयो ।

उहाँले नागरिकको हितमा हुने योजना छनोटमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा आवश्यकतामा आधारित योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “राम्रा र अत्यावश्यक योजना छनोट गरौँ,” उहाँले भन्नुभयो, “जसलाई नागरिकले पनि विश्वास गर्न सकून्।”

मन्त्री नेपालीले विकास बजेट घट्दै गएकाले कैयौँ आयोजना अलपत्र परेको उल्लेख गर्दै ती योजनाको वास्तविक अवस्था बुझ्न विकासे निकायका प्रमुखहरूको संयुक्त बैठक बस्ने तयारी रहेको जानकारी दिनुभयो । हालसम्म खर्च भएको बजेट र बाँकी कामको समीक्षा गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

मन्त्री भएपछि पहिलोपटक बागलुङ आउनुभएका उहाँ पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटमा जन्मनुभएको हो भने हाल बागलुङमै बसोबास गर्दै आउनुभएको छ ।

गोविन्दबहादुर नेपाली धौलागिरि बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, नेकपा एमाले जिल्ला सचिव, केन्द्रीय सदस्य तथा दलित आयोगको सदस्यसमेत रहिसक्नुभएको छ । उहाँलाई खरो स्वभाव र स्पष्ट वक्ता नेताका रूपमा चिनिन्छ ।

आन्दोलनका क्रममा उहाँ पटक–पटक प्रहरी हिरासतमा पर्नुभएको र राजनीतिक प्रकृतिका मुद्दा सामना गर्नुभएको इतिहास पनि रहेको छ । साथै उहाँ दलित अधिकार र सामाजिक अभियानमा सक्रिय नेताका रूपमा समेत परिचित हुनुहुन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया