Nepal Life

सामसङको दशैं लक्षित योजना : ९ जनाले जिते स्कुटर

NMB Bank
  • BFIS News
  • 2023 Oct 11 05:12
सामसङको दशैं लक्षित योजना : ९ जनाले जिते स्कुटर
United Ajod

काठमाडौं । सामसङ मोबाइलको दशैं लक्षित ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ योजनाका विजेता घोषणा गरिएको छ । जसमा ९ जना भाग्यशाली विजेताहरुले ९ वटा १२५ सीसीको टीभीएस स्कुटर जितेका छन् ।

२ असोजदेखि १५ असोजसम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट ९ जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

Shikhar
Nepal Life
NIMB

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले ग्राहकका लागि दशैं कन्सुमर प्रमोसन योजना सुरु गरेको कम्पनीको भनाइ छ ।

विजेता बनेका ललितपुरको कुमारीपाटीकी लिला गमाल र भक्तपुरकी जेनी भलान्दोले आफ्नो स्कुटर दाबी गरिसकेका छन् । उनीहरू ५ असोज र ७ असोजका विजेता हुन् । लिलाले ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ ५जी मोबाइल खरिद गरेकी थिइन भने जेनीले भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ मोबाइल खरिद गरेकी थिइन् ।

३ कात्तिकसम्म लागु हुने यस योजनामा अझै पनि १३ वटा स्कुटर भाग्यशाली ग्राहकले जित्न सक्ने मौका बाँकी नै रहेको कम्पनीले जनाएको छ । सामसङ स्मार्टफोन वा सामसङ ट्याब खरिद गरी यो रोमाञ्चक प्रवर्धनमा भाग लिन सकिने कम्पनीको भनाइ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया