Nepal Life

९१.५ मेगावाटको बुढीगण्डकी निर्माणका लागि १२ अर्ब ६५ करोड लाग्ने, ५ वर्षमा व्यवसायिक उत्पादन

NMB Bank
  • BFIS News
  • 2023 Jun 28 20:26
९१.५ मेगावाटको बुढीगण्डकी निर्माणका लागि १२ अर्ब ६५ करोड लाग्ने, ५ वर्षमा व्यवसायिक उत्पादन
United Ajod

काठमाडौं। ९१.५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माणका लागि १२ अर्ब ६५ करोड रुपैयाँ लाग्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

वातावरणीय मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजनाको प्रतिमेगावाट लागत १२ करोड ३६ लाख १२ हजार रुपैयाँ रहेको छ। प्रस्तावित आयोजना गोरखाको चुमनुब्री गाउँपालिका-३, ५ र ६ भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण गर्न लागिएको छ। आयोजनाको सम्भाव्यता अध्ययन र इआईए प्रतिवेदन तयार भइसकेको छ।

आयोजनाको प्रवर्द्धक सूर्य इनर्जी प्रालिले इआइए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको थियो। बुधबार मन्त्रालयले इआइए प्रतिवेदन सार्वजनिक गर्दै एक साताभित्र राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ। इआइए प्रतिवेदन स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ।

प्रस्तावित आयोजना रन अफ रिभर  प्रकारको हुनेछ। यसको ग्रस हेड २०२.२० मिटर र नेट हेड १८८.९० मिटर हुनेछ। आयोजनाको हेडरेस टनेल ५५१५ मिटर हुनेछ। विद्युत गृह  न्याक फेदी गाउँमा निर्माण हुनेछ।

इन्टर्नल रेट अफ रिटर्न २१.२ प्रतिश रहेको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी (सेयर) बाट जुटाइनेछ। लगानी फिर्ता अवधि (साधरण) ४ वर्ष रहेको छ। निर्माण थालेको ५ वर्षमा व्यवसायिक उत्पादन थाल्ने लक्ष्य छ।

आयोजनाका लागि कुल १५.५२ हेक्टर जग्गा आवश्यक पर्छ। जसमध्ये १०.७२ हेक्टर राष्ट्रिय वन अन्तर्गतको मनास्लु संरक्षण क्षेत्र र ४.८ हेक्टर निजी जग्गाबाट प्रयोग गरिनेछ। मनास्लु क्षेत्रबाट ४०९ र निजी जग्गाबाट २० वटा साना ठूला रुखहरु कटान गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया