Nepal Life

आईपीओका लागि ५ कम्पनीले मागे अनुमति, जगदम्बा स्टिलले प्रिमियममा निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Oct 12 04:59
आईपीओका लागि ५ कम्पनीले मागे अनुमति, जगदम्बा स्टिलले प्रिमियममा निष्कासन गर्ने
United Ajod

काठमाडौं । प्राथमिक शेयर निष्काशनका लागि ५ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जस अन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

Shikhar
Nepal Life
NIMB

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

त्यसैगरी एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको  छ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ।  

त्यस्तै, माविलुङ इनर्जि लिमिटेडले १८  लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न बोर्ड समक्ष अनुमति मागेको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको  छ। 

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने  छ। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको  छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया