Nepal Life

मिर्मिरे लघुवित्तको आधार मूल्यमै एफपिओ निष्काशन, १२ हजार ३८१ जनाले मात्रै पाउने

NMB Bank
  • BFIS News
  • 2023 Oct 12 12:08
मिर्मिरे लघुवित्तको आधार मूल्यमै एफपिओ निष्काशन,  १२ हजार ३८१ जनाले मात्रै पाउने
United Ajod

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि एफपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । संस्थाले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँकै दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता साधारण शेयर निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले आगामी असोज ३० गतेसम्म आवेदन खुला राख्नेछ । अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

लघुवित्तको एफपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट भएमा कुल १२ हजार ३८१ आवेदकले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा ६.४५ कित्ता शेष रहन्छ। बाँकी रहेको ६.४५ कित्ता शेयर पनि सोही १२ हजार ३८१ आवेदकमा नै वितरण गरिने भएको हुनाले ६ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न, लगानीकर्ताले न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया