Nepal Life

बीमा कम्पनीलाई प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिने बोर्ड र प्राधिकरणका चार पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी

NMB Bank
  • BFIS News
  • 2023 Oct 13 15:59
बीमा कम्पनीलाई प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिने बोर्ड र प्राधिकरणका चार पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी
United Ajod

काठमाडौं। जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिने नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका चार पदाधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जवकी चार जीवन बीमा कम्पनीले प्रिमियममा शेयर जारी गरेर दोस्रो बजारमा सूचिकृत समेत भइसकेको छ । 

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

१६ जना लगानीकर्ताले संयुक्त रुपमा हस्ताक्षर गरेर अख्तियारमा उजुरी दर्ता गराएका हुन् । हमाल, श्रेष्ठ, सिलवाल र पौडेलले कम्पनीका सञ्चालकसँग कमिसन लिएर प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको उजुरीकर्ताहरुको आरोप लगाइएको छ।

‘बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको’ उजुरीमा उल्लेख छ। लगानीकर्ताले यसबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा, ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्‍वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ,’ भन्ने व्यवस्था छ।

लगानीकर्ताले इन्स्योरेन्सलाई लाइसेन्स र आईपीओ स्वीकृति दिंदाको प्रावधान, बिक्री प्रबन्धक, प्रत्याभूतकर्ता, रेटिङ एजेन्सी, बिमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र र पत्राचारबारे छानविन गर्न माग गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया