Nepal Life

बजाजको नयाँ रंगको पल्सर एन १६० ग्र्यान्ड कार्निभलमा सार्वजनिक, मूल्य ३ लाख ९३ हजार

NMB Bank
  • BFIS News
  • 2023 Oct 13 16:04
बजाजको नयाँ रंगको पल्सर एन १६० ग्र्यान्ड कार्निभलमा सार्वजनिक, मूल्य ३ लाख ९३ हजार
United Ajod

काठमाडौं। बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचंन्द एण्ड कम्पनीले पल्सर एन १६० मोडललाई नयाँ रंगमा सार्वजनिक गरेको छ। कम्पनीले उक्त मोडललाई क्यारेबियन म्याट ब्लयु कलरमा शुक्रबार भृकुटीमण्डपमा भइरहेको ग्र्यान्ड कार्निभलमा सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले दसैंलाई लक्षित गर्दै ग्रा्यान्ड कार्निभलको आयोजना गरिरहेको छ। यसमा विभिन्‍न छुटदेखि एक्सचेन्ज अफरहरु ग्राहकहरुले पाउन सक्नेछन्।

यसमा १६४.८ सीसी क्षमताको सिंगल सिलिन्डर ४ स्ट्रोक आयल कुल्ड एफआई इन्जिन छ भने यसको म्याक्स पावर १६ पीएसको छ। यसले १४.६५ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा गियर ट्रान्समिसन ५ स्पिडको रहेको छ।

यसैगरी, यसमा सस्पेन्सन फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक र रियरमा ५ स्टेप एडजष्टेबल मोनोसक उपलब्ध छ। साथै, यसमा अगाडि ३०० एमएम र पछाडि २३० एमएमको एबीएससहितको डिस्क ब्रेक उपलब्ध छ।

यसमा १७ इन्च ह्वील भएको ट्युबलेस टायर छ। यसमा ह्वीलबेस भने १३५८ एमएमको छ। यस्तै यसमा १४ लिटरको पेट्रोल स्टोरेज गर्न सक्ने क्षमताको ट्यांकी छ। यसको ग्राउन्ड क्लिरयेन्स १६५ एमएमको छ।

कन्सोल फिचरमा गियर इन्डिकेटर, फ्युअल इकोनोमी तथा रेन्ज इन्डिकेटर र क्लक देख्‍न सकिन्छ। यस्तै, एलईडी प्रोजेक्टर हेडल्याम्प, टेल ल्याम्प र युएसबी कनेक्टीभीटी पनि यसमा उपलब्ध छ। यसको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ तोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया