Nepal Life

राष्ट्र बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता प्रदान गर्ने ट्रेनर्सको तालिम

NMB Bank
  • BFIS News
  • 2023 Oct 13 17:12
राष्ट्र बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता प्रदान गर्ने ट्रेनर्सको तालिम
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई वित्तीय क्षेत्रमा समावेश गर्दै लैजाने उद्देश्यसहित वित्तीय साक्षरताको तालिम सञ्चालन गर्न २५ जना ट्रेनर उत्पादन गरेको छ । राष्ट्र बैंकले सर्वसाधारणको वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्रेनिङ अफ ट्रेनर्स’को तालिम सम्पन्न गरेको हो ।

Shikhar
Nepal Life
NIMB

तालिममा वित्तीय क्षेत्रमा अनुभवी व्यक्तित्वको सहभागिता थियो । तालिममा प्रतिष्ठित पूर्व वैकरहरु तथा नेपाल सरकारका पूर्व कर्मचारीहरुको समेत सहभागिता थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीदेखि लिएर पुर्व बैंकरहरु सुमन सुवेदी, भुवन दाहाल, किरण काफ्ले, प्रविण पौड्याल, अभयराज शर्मा, कुवेर निरौला लगायत थिए ।  

बैंकर्स प्रशिक्षण केन्द्र बोडे, भक्तपूरमा सञ्चालित ५ दिने तालिम यहि असोज २१ गतेदेखि आज २६ गतेसम्म सञ्चालन भएको हो । नेपाल राष्ट्र बैंकको मानव संशाधन विभागले आयोजना गरेको तालिममा वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक ज्ञान तथा सीप प्रदान गरिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचना आह्वान गरेर तालिमका लागि आह्वान गरिएको थियो । उक्त अवधिमा तालिम लिन इच्छुक व्यक्तित्वहरुलाई तालिम प्रदान गरिएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया