Nepal Life

सम्पत्ती बीमा निर्देशन जारी, छोटो अवधिको बीमा गर्न पाउने विशेष सुविधा

NMB Bank
  • BFIS News
  • 2023 Oct 13 21:02
सम्पत्ती बीमा निर्देशन जारी, छोटो अवधिको बीमा गर्न पाउने विशेष सुविधा
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमा निर्देशन २०८० जारी गरेको छ । निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ती तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोको लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिका समेत निर्माण गरी प्रचलनमा ल्याउनका लागि यस्तो निर्देशन जारी गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

 

Shikhar
Nepal Life
NIMB

सम्पत्तीको बीमा गर्दा घरजग्गाको मूल्याङ्कन कायम गर्न पाइने छैन । बीमा शुल्क गणना गर्दा भवन तथा निर्माणाधीन भवन, यन्त्र तथा उपकरण, कच्चा पदार्थ, उत्पादन प्रकृयामा रहेको मौज्दात, तयारी वस्तु, अर्धतयारी वस्तु, फर्निचर, फिक्चर्स, नगद, सुनचाँदी गरगहना, नक्सा, अन्य सरसामानको अलग अलग रुपमा बीमाङ्क निर्धारण गरी बीमा शुल्क गणना गर्नु पर्नेछ । छोटो अवधिको बीमालेखमा समय बढाउन पाइनेछैन ।

यो बीमालेख निर्देशन जारी भए सँगै अव घर, भवन तथा अपार्टमेन्टको पनि आंशित रुपमा बीमा गर्ने बाटो खुलेको छ । यदि संयुक्त स्वामित्व भएका यस्ता भवन तथा घरको बीमा गर्दा आफुले भोगचलन गरेको मात्रै अंशको मात्रै बीमा गर्न चाहेमा पनि बीमा गर्न पाउने भएको हो ।

एक वर्ष भन्दा कम अवधिको लागि जारी गरिने बीमालेख भएमा एक महिनासम्मको हकमा वार्षिक बीमा शुल्कको १५ प्रतिशत मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ । त्यस्तै तीन महिना अवधिसम्मको बीमालेखमा वार्षिक बीमा शुल्कको ४० प्रतिशत, ६ महिना अवधिसम्मको लागि ७० प्रतिशत, ९ महिना अवधिसम्मको लागि ८५ प्रतिशत र नौ भन्दा बढी अवधिको लागि वार्षिक बीमा शुल्क भुक्तानी गर्नु पर्नेछ ।

भवनको बीमा गर्दा एक करोड रुपैयाँसम्मको बीमाङ्कको हकमा ०.५ प्रतिशत प्रतिहजार रुपैयाँ बीमा शुल्क पर्नेछ भने एक करोड भन्दा माथिको बीमाङ्कको हकको हकमा प्रतिहजार १.५० रुपैयाँ पर्नेछ । यदि आवासिय भवनमा पसल व्यवसाय छ भने घर बीमा भनेर बीमा गर्न पाइने छैन । पसल रेष्टुरेन्ट सहित बहुउपयोगी भवन छ भने व्यापारिक घरको रुपमा बीमा गर्नु पर्नेछ ।

सम्पत्ती बीमा निर्देशन २०८०

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया