Nepal Life

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न

NMB Bank
  • BFIS News
  • 2023 Oct 15 21:42
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोल स्थित स्पोर्टस क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरि २ दिनसम्म चलेको थियो ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहनुभएको थियो । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

प्रतियोगिताको महिला तर्फको फाईनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई   ४–० गोल अन्तरले विजेता बन्न सफल भएको थियो । त्यसैगरी पुरुष समूह तर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले प्रतियोगिताको विजेता बनेको थियो । प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाईनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पूरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन के.सि.ले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल, महासचिव कृष्ण प्रसाद खराल, सहकोषाध्यक्ष रमेश खतिवडा, नेपाल राष्ट्र बैंक, पोखराका उपनिर्देशकहरु सम्झना ढकाल, नवीना ढकाल, पुष्कर सुर्खाली, सुदीप त्रिपाठी तथा गभर्नरको कार्यालयका उपनिर्देशक इन्द्रत्रिविक्रम पहारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका उपसंयोजक सूर्यप्रसाद तिवारी, डेपलपमेण्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर के.सी.को उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया