Nepal Life

सर्वोत्तम सिमेन्टले प्रकृयाँ सुरु गरेको तीन वर्षपछि पायो आइपिओ निष्काशनको अनुमति, बुक विल्डिङबाट पहिलो

NMB Bank
  • BFIS News
  • 2023 Oct 17 19:48
सर्वोत्तम सिमेन्टले प्रकृयाँ सुरु गरेको तीन वर्षपछि पायो आइपिओ निष्काशनको अनुमति, बुक विल्डिङबाट पहिलो
United Ajod

काठमाडौं । नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयाँ सुरु गरेको तीन वर्ष पछि सर्वोत्तम सिमेन्टले आज अन्तिम स्वीकृति पाएको छ । बोर्डले सोमबार कम्पनीलाई प्रतिकित्ता ४०१ रुपैयाँका दरले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँसम्म निष्कासन गर्न प्रस्ताव गरेको थियो ।

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न पछिल्लो पटक बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । बोर्डले भने ४०१ रुपैयाँ सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । बुक बिल्डिङ सम्बन्धि यो पहिलो र ऐतिहासिक निर्णय भएको धितोपत्र बोर्डले जनाएको छ । 

सोर्वोत्तम सिमेन्टको गोल्डेन शेयर प्राप्त गरेका तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतले जागिरबाट हात धुनु परेको थियो । लामो विवाद पछि अन्तत कम्पनीले अन्तिम स्वीकृति प्राप्त गरेको हो ।

कम्पनीले २०७७ माघमा साधारणसभाबाट बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यहिबाट नेपालमा बुक विल्डिङ सर्वाधिक चासोको विषय बन्यो । आधार मूल्य र प्रिमियम मूल्यमा आइपिओ निष्काशन हुँदै आएकोमा अवदेखि सर्वसाधारण लगानीकर्ताले बुक विल्डिङको पनि अनुभव पाउने भएका छन् । 

बजारमा आफ्नो छुट्टै ब्राण्ड भ्यालु बनाएका कम्पनीहरुले आधार मूल्यमा थप प्रिमियम सहित आइपिओ निष्काशन गर्न चाहेमा नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिको व्यवस्था गरेको हो । 

बुक विल्डिङ विधिमार्फत् शेयर निष्काशन गर्दा कम्पनीले सुरुमा संस्थागत लगानीकर्ताहरु सँग आशय मूल्यका लागि सार्वजनिक रुपमा आह्वान गर्दछ। कम्पनीको वित्तीय विवरण, नेटवर्थ तथा भोलिका दिनमा कम्पनीले दोस्रो बजारमा कायम गर्ने मूल्यलाई मूल्याङ्कन गर्दै प्रिमियम रकमका लागि प्रस्ताव पेश गर्छन्। 

संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्यबाट कटअफ मूल्य निर्धारण गरिन्छ। उक्त कट अफ मूल्यमा १० प्रतिशत डिस्काउन्ट दिएर संस्थागत लगानीकर्ताहरुले सर्वसाधारणका लागि बिक्री गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया