Nepal Life

लगानीकर्तालाई बोर्डको दशै उपहार, ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो

NMB Bank
  • BFIS News
  • 2023 Oct 19 12:46
लगानीकर्तालाई बोर्डको दशै उपहार,  ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन तथा धितोपत्र बोर्ड शुल्क घटाएर दशै उपहार दिएको छ । लगानीकर्ताहरुले शेयर खरिद बिक्री गर्दा लाखौ रुपैयाँको कमिशन तिर्नु पर्छ । 

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो। बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको हो । 

बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको हो। नयाँ ब्रोकरलाई समेत मर्का नपर्ने गरी उक्त शुल्क घटाइएको बोर्डको भनाइ छ । अर्कोतर्फ ब्रोकरको मात्रै शुल्क घटाउने तर सबोनले लिने शुल्क भने कहिल्यै नघटाउने  अवस्थाको अन्त्य गर्दै यस पटक भने सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको छ। आउने दिनमा यस अघि जुन जुन स्ल्याबमा शुल्क लाग्ने गरेको थियो त्यसैमा १० प्रतिशत घट्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया