Nepal Life

उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बेस रेटभन्दा दुई प्रतिशत बढी लिएमा कारबाही

NMB Bank
  • BFIS News
  • 2023 Jul 01 06:00
उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बेस रेटभन्दा दुई प्रतिशत बढी लिएमा कारबाही
United Ajod

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ तर आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याज लिएर कारबाही हुने सर्कुलरमा उल्लेख छ ।

वित्तीय सचेतनाका लागि भन्दै राष्ट्र बैङ्कले यस्तो सूचना जारी गरेको हो । दुई करोड रुपियाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदमार्थमा आधारित उद्योग, हस्तकलालगायत व्यवसाय सञ्चालनका लागि आधार दरमा दुई प्रतिशत मात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था भएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले गत वर्ष २०७९ साउन १८ गते निर्देशन नै जारी गरी सो व्यवस्था कायम गरेको थियो । सोही निर्देशनविपरीत कसैले पनि बढी ब्याज लिएको पाइएको खण्डमा राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि भनेको छ ।

आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर कायम गरेर कर्जा लिएको राष्ट्र बैङ्कलाई खबर गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । 

यस्तै बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना एकतर्फी रूपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सोबापत असुल्न नपाइने व्यवस्था गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया