Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ झलारी शाखा को अध्यक्षमा नरेन्द्र प्रसाद जोशी, नयाँ कार्यसमिति गठन

NMB Bank
  • BFIS News
  • 2023 Oct 30 12:26
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ झलारी शाखा को अध्यक्षमा नरेन्द्र प्रसाद जोशी, नयाँ कार्यसमिति गठन
United Ajod

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ झलारी शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट नेपाल लाइफका अभिकर्ता नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा ११ सदस्य रहेको नयाँ कार्य समिति गठन भएको छ ।

Shikhar
Nepal Life
NIMB

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाईफ झलारी  शाखा समितिकको पहिलो अधिवेशन एजेन्सी म्यानेजर नरेन्द्र प्रसाद जोशी को अध्यक्षता, पेशागत विमा अभिकर्ता संघ नेपाल ट्रेड युनियन संघका केन्द्रीय उपाध्यक्ष महेशदत्त भट्टको प्रमुख आतिथ्यमा, केन्द्रीय सदस्य मष्ट्री प्रसाद जैशीको विशिष्ट आतिथ्यतामा र बीमक नेपाल लाइफका केन्द्रीय सदस्य देव प्रसाद जैशीको आतिथ्यतामा झलारीमा सम्पुर्ण अभिकर्ताहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ ।

अभिकर्ताहरूको भेलाले नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा ११ सदस्य शाखा समिति निर्विरोध रूपमा गठन भएको छ । समितिको उपाध्यक्षमा महेश्वरी भट्ट, सचीवमा इश्वरा देबि कुवर, सह-सचीव तुलसी कुमारी जोशी, कोषाध्यक्ष हरिश अवस्थी र सदस्यहरुमा गायत्री कुमारी जोशी, माधब राना (चादनी), पुर्ण बहादुर चन्द, गोबिन्द बल्लभ पन्त, रेश्मा चौधरी साउद, दमयन्ती चन्द निर्विरोध निर्वाचित भएका छन । नवनिर्वाचित पदाधिकारी एवं सदस्य हरूलाई प्रमुख अतिथि महेशदत्त भट्टले सपथ ग्रहण गराइ प्रमाणपत्र बितरण गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया