Nepal Life

डिजेल र मट्टितेलको मूल्य घट्यो, अरु यथावत

NMB Bank
  • BFIS News
  • 2023 Oct 31 20:09
डिजेल र मट्टितेलको मूल्य घट्यो, अरु यथावत
United Ajod

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ। 

Shikhar
Nepal Life
NIMB

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ। पहिलो वर्गमा आरआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। 

दोस्रो वर्गमा सुर्खेत र दाङ। त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन्। मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

मूल्य वृद्धि भएको भएपनि उपभोक्ताको हितलाई मध्यनजरमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० लाई यथावत राखिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया