Nepal Life

सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

NMB Bank
  • BFIS News
  • 2023 Jul 01 21:57
सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताएका छन्उ ।  पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Shikhar
Nepal Life
NIMB

व्यवसायीले सोधेको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले भने  ‘‘सुनमा लग्जरी ट्याक्स लगाएको छैन। हिरा, मोतीमा हो, लग्जरी ट्याक्स। जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन।’’ 

त्यस्तै उनले ट्राभल्समा भ्याट नलगाएको एयरलाइन्समा मात्र लगाएको बताए ।  एयरलाइन्सको फ्लाइटमा त्यो कर लाग्ने उनले प्रष्ट पारे । नेपालको उत्पादन बढाउन आयात हुने आलु प्याजमा भ्याट लगाएको उनले उल्लेख गरे । 

‘‘एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ। व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’’, मन्त्री महतले भने, ‘‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो। सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ। महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।’’

काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुनै भन्दै उनले पोखराको पर्यटकीय महत्त्व रहेको उल्लेख गरे । मन्त्री महतले भने, ‘‘पर्यटकीय सहर पोखरा जस्तो ठाउँमा मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ। यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं।’’ 

कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति भएको उल्लेख गर्दै उनले उद्योग वृद्धि गर्नसमेत सुझाव दिए । उनले भने, ‘‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ। उद्योग वाणिज्य क्षेत्रका साथीले सकरात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ।’’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया