Nepal Life

फर्स्ट माइक्रोफाइनान्सको मुनाफा २०.५२ प्रतिशतले घट्यो, खुद व्याज आम्दानीमा भारि गिरावट

NMB Bank
  • BFIS News
  • 2023 Nov 02 08:08
फर्स्ट माइक्रोफाइनान्सको मुनाफा २०.५२ प्रतिशतले घट्यो, खुद व्याज आम्दानीमा भारि गिरावट
United Ajod

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुनाफा २०.५२ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
Nepal Life
NIMB

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा पनि घट्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २६.६० प्रतिशत घटको छ भने सञ्चालन मुनाफा ९ करोड ११ लाख रुपैयाँबाट घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ १५ पैसा घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। 

पछिल्लो तीन महिनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ११.५१ प्रतिशत बढेको छ। सो तीन महिनामा लघुवित्तको सापटी १३.३८ प्रतिशत घटेको छ भने कर्जा ६.८५ प्रतिशत घटेको छ। खराव कर्जा १.६ प्रतिशत पुगेको छ । स्प्रेडदर १.६ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले कर्जामा सिमा तोकिदिदा एकदमै कम स्प्रेडदरमा काम गर्नु परेको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया